
फाइल तस्बिर
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकाटले संविधान दिवसमा अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउने तयारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले आज एक सूचना प्रकाशित गर्दै जिल्लामा रहेका मातहतका कार्यालयहरुाई केन्द्रीय समारोह समितिको निर्णय अनुसार तीन तीन विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवश मनाउन अनुरोध गर्नुभएको छ ।
कार्यालयले जारी गरेको सूचना अनुसार जिल्लाका सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरु,संघ संस्थाहरुले राष्ट्यि झण्डा एवं व्यानर सजाई परिसरकारे सरसफाई गर्ने, जिल्लामा रहेका सांस्कृतिक तथा धार्मिक क्षेत्रहरुको सरसफाईस्हित सौदर्यीकरणमा अभिवृद्धि गर्ने रहेका छन् । यस्तै मातहतका कार्यालयहरुले २,३ र ४ गते साँझ दिप प्रज्वलन गर्ने,मण्डला, दरबार स्क्वायर जस्ता सार्वजनिक महत्वका स्थानहरुमा सुरक्षाकर्मीसहितको समूहद्धारा दीप प्रज्वलन गर्न अनुरोध गर्ने,स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमबाट संविधानको महत्वका विषयमा विभिन्न सन्देश तथा कार्यक्रम प्रशारण प्रकाश गर्ने रहेका छन् ।

यस्तै संविधान दिवसका सन्र्दभमा संघ, प्रदेश र स्थानीय पालिका एवं गैरसरकारी संथा, सामुदायिक संघ संस्थाहबाट आयोजना तथा सञ्चालन हुने रचनात्मक कार्यक्रम गर्ने गराउने, यस्तै जिल्लाका मठ मन्दिर, बुद्ध बिहार, मस्जिद,गुरुद्धार जस्ता धार्मिक स्थानहरुमा पुजारी धर्मगुरुहरुबाटनित्य पुजापाठ वा प्राथना गर्दा राष्ट, राष्ट्यिता,स्वतन्त्रता र संविधानको लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात ,अज्ञात शहीदहरुको आत्माको चीरशान्तिको कामनासहित उच्च सम्मानकासाथ श्रद्धासुमन अर्पर्ण गर्ने व्यवस्था मिलाउने लगायतका कार्यक्रम राखिएको छ