वडाध्यक्षको सिफारिसमा बाढीपीडितले जिल्ला राहत वितरण केन्द्रबाट राहत लिन सक्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १९, शुक्रबार १६:३९

नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकले सम्बन्धित वडाध्यक्षको सिफारिसमा राहत लिन सक्ने भएका छन्।


जिल्ला प्रशासन कार्यालय नुवाकोटले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएका प्रभावित नागरिकका लागि राहत वितरण भइरहेको जनाएको छ।


कार्यालयका अनुसार बाढीबाट प्रभावित, असहाय, अशक्त वा अन्य कारणले दैनिक उपभोग्य सामग्रीको अभाव भएका व्यक्तिले सम्बन्धित वडाध्यक्षको सिफारिस वा मौखिक जानकारीका आधारमा राहत लिन सक्नेछन्।


राहत आवश्यक भएका नागरिकले जिल्ला समन्वय समितिको सभाहलमा रहेको राहत वितरण केन्द्रबाट राहत सामग्री लिन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जारी गरेको अनुरोधमा राहत आवश्यक पर्ने वास्तविक प्रभावित नागरिकलाई सहज रूपमा राहत उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *