पुल बगेपछि देवीघाटमा तुइन सञ्चालन, स्थानीयको आवतजावत सहज

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १९, शुक्रबार २०:२७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि स्थानीयको आवतजावत सहज बनाउन तुइन सञ्चालनमा ल्याइएको छ।


भदौ १० गते आएको विनाशकारी बाढीले देवीघाट बजारसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीका कारण त्रिशूली नदीमाथि ओहोरदोहोरका लागि प्रयोग हुँदै आएका पक्की तथा झोलुंगे पुल बगेपछि विदुर नगरपालिका–३ र ५ का स्थानीयलाई नदी वारपार गर्न कठिनाइ हुँदै आएको थियो।


स्थानीयको आवतजावतमा सहजता ल्याउने उद्देश्यले शुक्रबार साँझ ५ बजेदेखि देवीघाटमा तुइन सञ्चालनमा ल्याइएको विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए।


पुल पुनर्निर्माण नहुँदासम्म तुइनले नदी वारपार गर्नुपर्ने बाध्यता रहेकाले यसको सुरक्षित सञ्चालन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *