|
२०८३ भाद्र २१, आईतवार २०:०५
नुवाकोट । त्रिशूली खोला पारिका बाढीपीडित परिवारलाई राहत सामग्रीको अभाव भइरहेका बेला श्रीमती सैनिक संघको सहकार्यमा नुवाकोट उद्योग वाणिज्य संघले राहत सामग्री वितरण गरेको छ।
विपद्को कठिन घडीमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको हो। मानवीय सेवामा जुटेको भन्दै आयोजकले श्रीमती सैनिक संघप्रति आभार व्यक्त गरेको छ।
सेवा नै धर्म हो भन्ने भावनासहित राहत अभियानलाई निरन्तरता दिइने जनाइएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्