विदुर ।नुवाकाेट जिल्लाकाे पूरानाे विद्यालय शिवपुरी गाउँपालिका वडा नं ८ थानापतिमा श्री जनज्ञान निकेतन मा.विको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा व्यवसायी हरि प्रसाद सिटौला सर्बसम्मत चयन हुनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य डुण्डुकुमारी थपलियाको सभापतित्वमा बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा सिटौलालाई अध्यक्षमा चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्य सचिव विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद लामिछाने तथा सदस्यहरुमा श्रीराम पाठक, राजेन्द्र श्रेष्ठ, कल्पना श्रेष्ठ, सुनिता पाण्डे, अक्कल तमाङ, अजय पाठक लगायत को उपस्थीति रहेको थियो ।
व्यवस्थापन समितिको अध्यक्षमा छनौट हुनुभएका सिटौला आवद्ध नुवाकोट विकास संस्थाले जनज्ञान मा.विमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लामो समय देखि छात्रबृत्ति स्वरुप मासिक रुपमा आर्थिक सहयोग गदै आइरहेको छ । सिटौलाकाे नेतृत्वमा विद्यालयले थप उचाइ प्राप्त गर्न विश्वास गरिएको छ ।
सम्बन्धित समाचार
१ असार २०८२, आईतवार ११:३०
१० जेष्ठ २०८२, शुक्रबार ०८:३७