
काठमाडौं ।नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले शिक्षा विधेयक विवादित भएकोले यसलाई फिर्ता लिन सुझाव दिनुभएको छ । उहाले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारलाई साे सझाव दिनुभएको हाे । शिक्षकहरुले विभिन्न १७ बुँँदे माग राखेर आन्दोलनकाे आज तेस्रो दिन नेता रिमालले शिक्षकका जायज माग सम्बाेधनका लागि सरकारकाे ध्यानाकर्षण गराएका हुन ।नेता रिमालले फेसबुकमा लेखेका छन्,
शिक्षा विधेयकको बिरुद्ध देशभरका सामुदायिक विञद्यालयका शिक्षकहरु आन्दोलनमा छन् । यस आन्दोलनको नेतृत्व शिक्षक महासंघले गरिरहेको छ । आन्दोलनको कारण छ । तर यो आन्दोलन जति लम्बिन्छ, उत्ति नै मुलुकलाई क्षति पुग्छ ।
तसर्थ–––
– सरकारले टार्न हैन गुनासाको संबोधन गर्नेगरी वार्तालाई सार्थक बनाउनु पर्छ ।
– विवादास्पद शिक्षा विधेयक तत्काल फिर्ता लिइनु उपयुक्त हुन्छ ।
– शिक्षक महासंघले संबिधान र कानुनको सीमामा रही सम्वादलाई पेशागत हक/हितमा सीमित गर्नुपर्छ ।
– स्थानीय सरकारले राजनीतिक दाउपेचमा शिक्षकहरुलाई प्रताडित गर्न रोक्नु पर्छ । उनीहरुको पेशागत हितका अक्षुण्ण रहन दिनुपर्छ ।
सरकारले शिक्षकहरुसँग हिजाे देखि वार्ता थालेकाे छ।आज औपचारिक वार्ता हुदैछ । आज सकेसम्म वार्ता निर्णायक बनाउने तयारीमा दुवै पक्ष देखिन्छन्
मुलुकभरका झन्डै २० हजार भन्दा बढि शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा हाेमिएका छन् ।