काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन २०८३ असोज ३ गते शनिबार र ४ गते आइतबार स्थानीय अनुकूलताअनुसार सम्पन्न गरिनेछ।
वडा अधिवेशनबाट ६ हजार ७४३ वटै वडामा वडा कार्यसमितिको निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिने कार्यतालिकामा उल्लेख छ।
त्यसपछि असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन र असोज १० गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तयारी गरिएको छ।
त्यस्तै, नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका हकमा सम्बन्धित निर्वाचन अधिकृत र स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको उल्लेख छ।
जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने उल्लेख छ


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्