मुगुमा कांग्रेस संस्थापन इतको निर्णय : महामन्त्री घिमिरेलाई जिल्ला प्रवेश निषेध

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३१, बुधबार २०:५२

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध  गरेको छ।

बुधबार बसेको संस्थापन इतर समूहको बैठकले पार्टीका जिल्ला सभापति ऐनबहादुर शाहीलाई हटाएर हरिजंग शाहीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएकोप्रति आपत्ति जनाउँदै महामन्त्री घिमिरेलाई मुगु प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो।

बैठकपछि जारी निर्णयको माइन्युटमा १४औँ जिल्ला अधिवेशनबाट निर्वाचित सभापति ऐनबहादुर शाही पार्टीका गतिविधिमा सक्रिय रहँदारहँदै आफूलाई कुनै जानकारी नदिई विधान विपरीत ‘कथित केन्द्रीय विशेष महाधिवेशन’को आधारमा कार्यवाहक सभापति तोकिएको भन्दै आपत्ति जनाइएको छ।

माइन्युटमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था बमोजिम १४औँ जिल्ला अधिवेशनमा निर्वाचित सभापति ऐनबहादुर शाहीज्यू पार्टीका क्रियाकलापमा सक्रिय सहभागी भइरहेको अवस्थामा बिना जानकारी, विधान विपरीत कथित केन्द्रीय विशेष महाधिवेशन टिके महामन्त्री गुरुराज घिमिरेले कार्यवाहक सभापति तोकेको निर्णयप्रति खेद प्रकट गर्दै निज महामन्त्रीलाई मुगु जिल्लामा प्रवेश निषेध गर्ने निर्णय पारित गरियो।’

1
2

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *