
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन सरकारलाई अल्टिमेटम दिनुभएको छ । नेकपा माओवादी केन्द्रप्रति आक्रामक रुपमा प्रस्तुत हुनु भएका अध्यष ओलीले आगामी मन्त्रिपरिषद्को बैठकले यो फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने दावी गर्नुभयो । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला शान्ति प्रक्रिया टुंग्याउन खोज्दा प्रचण्डले साथ नदिएको पनि आरोप लगाउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले प्रचण्डले शान्ति प्रक्रियालाई सत्ता प्राप्तिको भ¥याङ बनाएको भन्दै माओवादी आफै शान्ति प्रक्रियालाई विथोलेर , परिस्थितिलाई भड्काउने दाउमा रहेको आरोप पनि लगाउनुभयो । हिजोको कुरा बिर्सिएर मेलमिलापका साथ अगाडि बढ्नुपर्ने बेला प्रधानमन्त्री प्रचण्डले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवका रूपमा घोषणा गरेको उहाको भनाई थियो । ‘भोज खाऊ, बाजा बजाऊ, नाच भनेर राष्ट्रिय बिदा घोषणा गर्नुभयो’ उहाले भन्नुभयो, ‘एक वर्षका लागि होइन, सधैं–सधंैका लागि ।
यो बिदा मान्य छैन ’माघ मसान्तमा आफूहरूको विरोधका बाबजुद सरकारले यस्तो निर्णय गरेको बताउँदै उहाले त्यो बेला आफू स्वयंले प्रधानमन्त्रीलाई घाउको खाटा उप्काएर नुनचुक लगाउने काम किन गर्ने भन्दै रोक्न खोजेको स्मरण गराउनुभयो । शहीदका बच्चाबच्ची पढाउने जिम्मा नलिने, तिनका अगाडि उत्सव मनाउने घाइतेको उपचार नगर्ने, तपाईंले उत्सव मनाउनुपर्ने ओलीको प्रश्न थियो । ’तर प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सल्लाह गरिसकें, निर्णय गर्छु भनेको अनेलीले स्मरण गराउनुभयो । ‘उहाँले बलजफ्ती बिदा घोषणा गर्नुभयो, र हामी शान्तिका प्रयास गर्नेहरूलाई मुहतोड जवाफ दिनुभयो’,
यसपटक पनि फागुन १ मा सार्वजनिक बिदा राखिएको भन्दै एमाले अध्यक्ष ओलीले हिंसा सुरु भएको दिनलाई राष्ट्रिय उत्सव मनाउन आफूहरू तयार नरहेको दोहोर्याउनुभयो पीडितहरूलाई रुवाएर, उनीहरूको घाउमा नुनचुक लगाउने क्रममा शान्ति प्रक्रिया अगाडि जान नसक्ने उनले बताए । ‘आगामी मन्त्रिपरिषद् बैठकले यसलाई फिर्ता गरोस् । बट इफ छैन, क्लियर भाषामा भन्छु’, ‘यदि फिर्ता लिंदैन भने यसले उहाँले युद्ध त्याग्नुभएको छैन भन्ने स्पष्ट हुन्छ । शान्ति र संविधानलाई ट्याक्टिकल युज मात्र गर्नुभएको हो भन्ने देखिन्छ ।