
फाइल तस्बिर
काठमाडौं । इजरायल घटनामा १० जना नेपालीको दुःखद रुपमा भएको निधनप्रति शोक मनाउन सरकारले भोलि सार्वजनिक विदा निदे निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले शोक प्रस्ताव पारित गर्दै भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।यस्तै मन्त्रिपरिषद् बैठकले परिवारलाई शान्त्वनासहित राहतका लागि भन्दै १० लाख उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
उहाले मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग सम्वाद भैरहेको र छिट्टै ल्याउने पनि जानकारी दिनुभयो । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन ९६ अक्टोबरको भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।