बेलकोटगढी–६ मा कांग्रेस वडा सभापतिमा रामहरि नेपाल सर्वसम्मत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १५, बिहीबार १९:४२


नुवाकोट । नेपाली कांग्रेस बेलकोटगढी नगरपालिका–६ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रामहरि नेपाललाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको छ। अधिवेशनबाट सचिवमा बसन्त तामाङ र सहसचिवमा बद्रीप्रसाद पौडेल चयन भएका छन्।


कांग्रेस जिल्ला सदस्य अर्जुन नेपाल र निर्वाचन अधिकृत प्रेमराज लबटको उपस्थितिमा सम्पन्न अधिवेशनले क्षेत्रीय प्रतिनिधिहरूमा शुकदेव दाहाल, घननाथ ठुंगाना, चन्द्र बम्जन, हेमन्त नेपाल, शिवराम रिजाल, सरोज अधिकारी र दुर्गा चालिसेलगायतलाई चयन गरेको छ।


अधिवेशनले बाँकी सदस्य तथा वडा कार्यसमितिलाई पूर्णता दिने जिम्मेवारी नवनिर्वाचित कार्यसमितिलाई दिएको छ। अधिवेशनमा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *