कांग्रेसको विचार नागरिक तहसम्म पुर्‍याउने `एस के नेपाल , महाधिवेशन प्रतिनिधिकाे उम्मेदवार

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १५, बिहीबार १४:०२


नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि सानुकान्छा (एस.के.) नेपाल उम्मेदवार बनेका छन्। आज हुने निर्वाचनमा उनको उम्मेदवारीलाई बेलकोटगढी क्षेत्रका कांग्रेस कार्यकर्ताले चासोका साथ हेरेका छन्।

विद्याार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका नेपाल पञ्चायतविरुद्धको आन्दोलनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। उनी लामो समय शिक्षक संघमा समेत सक्रिय रहेर काम गरेका र शैक्षिक तथा सामाजिक क्षेत्रको अनुभव बोकेका नेताका रूपमा परिचित छन्। यसअघि पनि उनी नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।


नेपालको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको र २०४२ सालतिरदेखि पञ्चायतविरोधी आन्दोलनमा सहभागी भएका नेता हुन् । २०४५ सालबाट शिक्षण पेसामा आबद्ध भएका उनी नेपाल शिक्षक संघका संस्थापक सदस्यसमेत रहेका छन् ।

कांग्रेसको विचार, सिद्धान्त र दर्शनलाई नागरिक तहसम्म सरल र स्पष्ट रूपमा बुझाउन सक्ने बौद्धिक नेताका रूपमा नेपाललाई उनका समर्थकहरूले प्रस्तुत गरेका छन्। पार्टीभित्र प्रशिक्षण र वैचारिक अभियानमा समेत भूमिका निर्वाह गर्दै आएका नेपाललाई कांग्रेसको नीति, विचार र संगठनबारे कार्यकर्तालाई प्रशिक्षित गर्न सक्ने नेताका रूपमा हेरिएको छ।


महाधिवेशन प्रतिनिधिका रूपमा उनको उम्मेदवारीसँगै आगामी कांग्रेसमा वैचारिक क्षमता, अध्ययनशीलता र राजनीतिक अनुभव भएका नेतृत्वको आवश्यकताबारे पनि क्षेत्रीय तहमा बहस भइरहेको छ। समर्थकहरूले पुरानो राजनीतिक अनुभवसँगै नयाँ पुस्तालाई विचार र दर्शनसँग जोड्न सक्ने नेतृत्व महाधिवेशनमा पुग्नुपर्ने धारणा राखेका छन्।


नेपालले आफ्नो प्रतिवद्वतामा “युवाको ऊर्जा, अग्रजको ज्ञानः राजनीति बदल्ने हाम्रो अभियान” भन्ने नारासहित आफूलाई १५औँ महाधिवेशनका लागि नुवाकोट क्षेत्र नं. २ को केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन् ।


कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २१ गतेसम्म हुँदैछ। पार्टीको निर्वाचन प्रक्रियाअन्तर्गत क्षेत्रीय अधिवेशनह भैरहेकाे छ ।

आजको निर्वाचनमा मतदाताको निर्णयले सानुकान्छा नेपालसहित उम्मेदवारहरूको महाधिवेशन प्रतिनिधिको यात्रा तय गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *