नुवाकोट । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत ककनी गाउँपालिका–७ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले जयनन्द लामा (मुक्ति) लाई वडा सभापतिमा सर्वसम्मत निर्विरोध निर्वाचित गरेको छ।
अधिवेशनबाट सभापति लामासहित सम्पूर्ण पदाधिकारी, वडा कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशन निवर्तमान उपसभापति गजमान तामाङको सभापतित्व तथा संयोजनमा सम्पन्न भएको हो। अधिवेशनमा नेपाली कांग्रेसका अग्रज नेताहरू, क्रियाशील सदस्यहरू, निर्वाचन अधिकृतलगायतको सहभागिता रहेको थियो।
साे अवसरमा अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण क्रियाशील सदस्य, निर्वाचन अधिकृत, अग्रज नेतागण तथा उपस्थित सबैप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ। नवनिर्वाचित सभापति लामासहित सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्