
काठमाडौं । प्यालेस्टाइनी हमास समूहको हमलापछि युद्धग्रस्त बनेको इजयारलबाट सरकारले आज नेपाली विद्यार्थी ल्याउँदै छ । परराष्ट्रमन्त्री नायारणप्रसाद साउदको नेतृत्वमा गएको नेपाली टोलीले आज पहिलो चरणमा बिहीबार दुई सय ५४ विद्यार्थीलाई उद्धार गरेर स्वदेश ल्याउने भएको हो ।
सरकारी स्रोतका अनुसार इजरायलबाट तीन सय ५० नेपाली नागरिकले स्वदेश फर्किने चाहना राख्दै विवरण टिपाएकामा पहिलो चरणमा दुई सय ५४ विद्यार्थी ल्याउन लागिएको परराष्ट् मन्त्रालयले जनाएको छ । दुई सय ७४ सिट क्षमताको नेपाल एयरलाइन्सको एयरबस ३३० वाइडबडी जहाज बुधबार राति इजरायलका लागि प्रस्थान भएको छ । वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वमा उद्धार हुन लागेको हो ।बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार परराष्ट्र मन्त्री साउद,परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरण पनि उद्धारका लागि इजरायल गएको छन् ।
उता मृतकको शव ल्याउन भने केही समय लाग्ने भएको छ । मन्त्रालयका अनुसार इजरायल सरकारले पोष्टमार्टमदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै शव लैजान अनुमति दिने भएको प्रक्रिया पूरा गर्न केह िदिन लाग्ने बताइएको छ । इजरायलमा भएको द्वन्द्वमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । सरकारले स्वर्गीय विद्यार्थीहरुको सम्मान मंगलबार राष्ट्यि शोक मनाएको छ भने प्रति परिवार दश लाख सहयोगको निर्णय पनि गरेको छ । इजरायल सरकारले पनि मृतकका परिवारलाई सहयोग गर्ने विषयमा भने जानकारी नभएको दुतावास स्रोतले बताएको छ ।