नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ बाट युवा विद्यार्थी संग्राम पुडासैनीले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ उम्मेदवारी दिएका छन्।
उमेरले २४ वर्ष पुगेका पुडासैनी विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनात्मक राजनीतिमा प्रवेश गरेका युवा हुन्। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा अहिले पार्टीको राष्ट्रिय तहको प्रतिनिधित्व गर्ने चरणमा पुगेको छ।
युवा पुस्ताको सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्दै पुडासैनीले महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका हुन्। उनको उम्मेदवारीले कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ पुस्ताको उपस्थितिलाई समेत प्रतिनिधित्व गर्ने देखिएको छ।
पुडासैनीले आफ्नो राजनीतिक यात्रामा संगठन निर्माण, युवाको सहभागिता र पार्टीको विचारलाई नयाँ पुस्तासम्म पुर्याउने विषयलाई प्राथमिकतामा राख्दै आएको बताएका छन्।
‘विद्यार्थी राजनीतिदेखि राष्ट्रिय राजनीतिसम्म’ भन्ने नारासहित उनी अहिले कांग्रेसको १५औँ महाधिवेशनमा युवा खुलातर्फ प्रतिनिधि बन्ने प्रतिस्पर्धामा छन्।
नुवाकोट क्षेत्र नम्बर २ बाट युवा पुस्ताका उम्मेदवारका रूपमा अघि आएका पुडासैनीको उम्मेदवारीलाई आगामी दिनमा कांग्रेसभित्र युवाको नेतृत्व विकाससँग जोडेर हेरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्