
६८ औं प्रहरी दिवस २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आयोजनामा विभिन्न कार्यक्रम तस्बिर ः जिल्ला प्रहरी कार्यालय,नुवाकोट
विदुर । ६८ औं प्रहरी दिवस २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापाको सभापतित्वमा भएको कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रममा जिल्ला स्थित बिभिन्न सुरक्षा निकायका प्रमुख ।नुवाकोट जिल्ला अदालतका श्रेस्तेदार,जिल्ला स्थित बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधी ज्यूहरु, जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरु,नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति नुवाकोटका अध्यक्ष अमर प्रहरीका परिवारजन लगायत कार्यरत सि.प्र.अ. तथा सकल दर्जाका प्रहरी कर्मचारीहरुको सहभागितमा रहेको थियो ।

कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण,कर्तव्यपालनको सिलसिलामा ज्यान उत्सर्ग गर्नु हुने सम्पूर्ण अमर प्रहरी परिवारलाई दोसला ओडाएर सम्मान गरिएको थियो । यस्तै प्रहरी दिवसको अवसरमा परोपकारी भावना राखी रक्तदान गर्ने प्रहरी कर्मचारीहरु, फुटसल,ब्याटमिन्टन,टेवलटेनिस, दौड र घैटो फुटाई प्रतियोगितामा बिजेता हासिल गर्ने प्रहरी कर्मचारीहरु तथा प्रहरी कार्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मानपत्र तथा पुरस्कार बितरण गरीएको थियो ।

यस्तै प्रहरी दिवसको अवसरमा जिल्ला स्थित विभिन्न विद्यालयबाट चित्रकला, निबन्ध लेखन प्रतियोगितामा सहभागी मध्येका उत्कृष्ट छात्ररछात्राहरुलाई प्रमाणपत्र सहित नगद पुरस्कृत र चित्रकला र निवन्ध लेखन प्रतियोगिता निष्पक्ष ढंगबाट निर्णयक भूमिका निर्वाह गर्नु हुने शिक्षकहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

