
काठमाडौँ। नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेपाली कांग्रेसले भोलि चियापानको आयोजना गर्दै छ । चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, सानेपाल ललितपुरमा अपराह्रन २ बजेदेखि ५ बजेसम्म आयोजना गर्न लागिएको चियापना कार्यक्रमका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेसमाजिक सञ्जालमार्फत पनि पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरुलाई निमन्त्रण गर्नुभएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले सुरु गर्नुभएको अभियानलाई कांग्रेका तत्कालिन सभापतिहरुले पनि निरन्तरता दिँदै आउनु भएको छ । सोही क्रममा सभापति देउवाले चियापानको आयोजना गर्न लाग्नु भएको हो । कांग्रेसले चियापानका लागि करिब ४ हजार अतिथिहरुलाई निमन्त्रण गरेको जनाइएको छ ।