नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका उद्यमीहरूलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले राहत सामग्री वितरण गरेको छ। महासंघले प्रभावित क्षेत्रका उद्यमीहरूसँग प्रत्यक्ष भेटघाट गरी नगद सहयोगसहित खाद्यान्न, लत्ताकपडा तथा ब्याङ्केट वितरण गरेको हो।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष शोभा गुरुङ र केन्द्रीय महिला उद्यम समितिका अध्यक्ष रीता अवालसहित महासंघका पदाधिकारीहरूको टोली प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेको थियो।
टोलीले नुवाकोट र रसुवाका ढुङ्गे, त्रिशूली तथा बेत्रावती क्षेत्रका बाढीपीडित उद्यमीहरूसँग भेटघाट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिँदै राहत सामग्री हस्तान्तरण गरेको हो।
बाढीबाट प्रभावित उद्यमीहरूलाई विपत्तिको समयमा सहयोग पुर्याउने उद्देश्यले महासंघले राहत वितरण गरेको जनाएको छ। विपत्तिका बेला महासंघले आफ्ना सदस्य तथा प्रभावित उद्यमीहरूलाई सहयोग गरेर राहतको अनुभूति गराएको भन्दै स्थानीय उद्यमीहरूले महासंघका केन्द्रीय अध्यक्ष, महिला उद्यम समितिका अध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरूप्रति धन्यवाद र आभार व्यक्त गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्