बाढीपीडित भैरवी वर्कशपलाई गल्फ मोबिलको उपकरण सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २९, बिहीबार १८:१३

नुवाकोट । भोटेकोसी बाढीका कारण पूर्ण रूपमा क्षति पुगेको विदुर नगरपालिका–ढुंगेस्थित भैरवी मोटरसाइकल वर्कशपलाई पुनः व्यवसाय सञ्चालनमा फर्किन नेपाल ल्युब आयल लिमिटेडको गल्फ मोबिलले आवश्यक उपकरण सहयोग गरेको छ।

बाढीबाट वर्कशप पूर्ण रूपमा क्षतिग्रस्त भएपछि व्यवसाय पुनः सञ्चालन गर्न कठिनाइ भोगिरहेका सञ्चालकलाई गल्फ मोबिलले मोटरसाइकल मर्मतका लागि आवश्यक सम्पूर्ण टुल्स, हावा भर्ने मेसिन तथा बाइक वास गर्ने मेसिनलगायतका उपकरण हस्तान्तरण गरेको हो।

नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधि ओसिम अक्रम र गल्फ मोबिलका नुवाकोटस्थित आधिकारिक डिलर गणपति इन्टरप्राइजेजका तर्फबाट कृष्णराज न्यौपानेको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो।

बाढीका कारण व्यवसायमा ठूलो क्षति व्यहोरेका व्यवसायीलाई पुनः आफ्नो पेसा र व्यवसायमा फर्किन सहयोग पुगोस् भन्ने उद्देश्यले उपकरण उपलब्ध गराइएको हो। यस सहयोगले भैरवी मोटरसाइकल वर्कशपको सेवा पुनः सञ्चालन गर्न तथा व्यवसायलाई क्रमशः पुरानै अवस्थामा फर्काउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सो अवसरमा गणपति इन्टरप्राइजेजका प्रतिनिधि कृष्णराज न्यौपानेले नेपाल ल्युब आयल लिमिटेड मानवसेवामा सधैँ समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनले ग्राहकलाई उच्च गुणस्तरको गल्फ मोबिल उपलब्ध गराउँदै सामाजिक उत्तरदायित्वका कामलाई समेत निरन्तरता दिने बताए।

विपद्का कारण व्यवसाय गुमाएका तथा आर्थिक क्षति व्यहोरेका व्यवसायीलाई पुनःस्थापनाका लागि गरिएको यस सहयोगले स्थानीय व्यवसायको पुनरुत्थानमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *