|
२०८३ कार्तिक ९, सोमबार ०९:५१
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी गरिएको छ।
सभापति गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। सभापति थापाबाहेक महाधिवेशनबाट निर्वाचित तथा निर्विरोध भएका २३० जना पदाधिकारी तथा सदस्यले भने अझै शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र प्राप्त गर्न बाँकी छ।
असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। कांग्रेस निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार कात्तिक १२ गते शपथ तथा प्रमाणपत्र वितरण गर्ने गरी तयारी अघि बढाइएको छ। यद्यपि, कार्यक्रमको मिति औपचारिक रूपमा निश्चित भइसकेको छैन।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्