
विदुर । नुवाकोट जिल्लाको किस्पाड. गाउँपालिकास्थित साल्मे माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क रुपमा न्यायो कपडा वितरण गरिएको छ । यशोदादेवी भगवानसिह केसी मेमोरियल ट्रस्ट साल्मेर रोटरी क्लब चितवन र इशा थापा संयुक्त सक्रियतामा विद्यालयमा अध्ययनरत २०३ जना विद्यार्थीलाई न्यानो कपडा र ३ स्थान कम्प्युटर हस्तान्तरण गरिएको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टका महासचिव जगदीश्वरनरसिंह केसीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । विद्यालय डे्सको ज्याकेट वितरण गरिएको छ ।

कार्यक्रममा ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसी,नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, नेपाली कांग्रेस विदुर वडा नं १० का वडा सभपाति आरएस थापा लगायतका व्यत्तीmत्वहरुको उपस्थिति रहेको थियो । सो अवसरमा विद्यालयका प्रअलाई तीन थान कम्प्युटर समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रमपछि विद्यार्थीहरुले न्यानो कपडासहि सहित तस्बिरसमेत खिचाएका थिए ।
नुवाकोट जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएर ट्रस्टले विभिन्न सामाजिक काम गर्दै आएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी दाजुभाइले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको ट्रस्टले विभिन्न विपदका समयमा पनि स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ .