|
२०८३ कार्तिक १२, बिहीबार १७:२१
नुवाकोट । नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरकाे १५औँ महाधिवेशन अन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमिति सभापतिमा गणेशमान तामाङ निर्वाचित भएका छन्।
क्षेत्रीय कार्यसमितिको सचिवमा अच्युतराज महन्त गिरी र रविन्द्र मानन्धर निर्वाचित भएका छन्। त्यस्तै सह–सचिवमा चन्द्रशेखर सिलवाल र भगवान थापा निर्वाचित भएका छन्।
क्षेत्रीय कार्यसमिति सदस्यमा गोविन्द प्रसाद दाहाल, सुकदेव दुङाना (केदार), कृष्ण प्रसाद दाहाल, हरि प्रसाद भट्ट र रामशरण नेपाली निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा पार्टीको संगठन सुदृढीकरण तथा क्षेत्रीय गतिविधिलाई अघि बढाउने बताइएको छ। तामाङ कांग्रेस प्रदेश ख काे सभापति थिए ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्