नुवाकोट २ मा कांग्रेस नियमित महाधिवेशनपक्षधरको क्षेत्रीय अधिवेशनबाट ३५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्वत चयन(नामावलीसहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १२, बिहीबार २०:४०


विदुर । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले नुवाकोट क्षेत्र नं २ मा भव्य रुपमा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ ।

पार्टीका केन्द्रीय प्रतिनिधि तथा कांग्रेस नेता धुर्व प्रसाद अधिकारीको आतिथ्यतामा बिहीबार जिल्ला सदमुकाम विदुर बट्टारमा बिहीबार सम्पन्न भएको क्षेत्रीय अधिवेशनबाट पार्टीको विधान अनुसार ३५ जना महाधिवेशन सर्वसम्वत रुपमा चयन गरिएको निर्वाचन समितिका संयोजक रामचन्द्र ढुंगेलले जानकारी दिनुभएको छ ।

निर्वाचन समितिका अनुसार खुला १० पूरुष महाधिवेशन प्रतिनिधिमा पार्टीका महत्वपूर्ण नेतादेखि युवा नेताहरु समेटिएका छन् । खुला १०मा केन्द्रीय प्रतिनिधिका रुपमा रहेका पार्टी नेता धुर्व प्रसाद अधिकारी,हरिकृष्ण श्रेष्ठ, श्रीराम श्रेष्ठ,बैकुण्ठबहादुृर पाण्डे धुर्व ढकाल, जयराम दाहाल, शुकदेव दाहाल,अर्जुकुमार नेपाल,बासु सापकोटा,बसन्तजंग ठकुरी चयन भएका छन् ।

यस्तै महिला खुलामा ४ मा विन्दा अर्याल, सुनमाया तामाड.,अञ्जना अर्याल र हिरा कुमारी शर्मा तिवारी चयन भएको निर्वाचन समितिले जनाएको छ । यस्तै समावेशी १०मा श्यामराज पाण्डे,कृष्ण सुनार,बाबुराम तामाड. अच्चुत रिजाल,सुमित्रा तामाड.,अक्षय गजुरेल,बसन्त तामाड., देवकी नेपाल,प्रचण्ड राई लुमडी कार्की रहेका छन् । प्रजातन्त्र सेनानीमा गोकुल प्रसाद दाहाल र अच्चुत महन्त गिरी चयन भएका छन् भने ४० वषर्न मुनिका भित्र किरण प्रसाद गजुरेल र पवित्रा ओझा चयन भएका छन् । यस्तै अन्य २ मा प्रकाश ढुंगाना र उमेश थापा मगर चयन भएका छन् ।

यस्तै नवयुमा हेमन्त नेपाल र अप्सरा पन्त चयन भएका छन् । दुवै २८ मुनिका हुन् ।कांग्रेस यसपटक जेनजी युवालाई पनि समेटेकाे छ ।

कांग्रेस विधानमा पालिका सभापति ,क्षेत्रिय तथा प्रदेश सभापति स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ ।

निर्वाचित क्षेत्रीय समितिपदाधिकारी र महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय प्रतिनिधि तथा जिल्ला संयोजक श्रीराम श्रेष्ठले खादासहित स्वागत गरेका थिए ।

निर्वाचन समितिले सो निर्वाचित भएको प्रमाणपत्र भने जिल्ला अधिवेशनका दिन वितरण गर्ने जनाएको छ । कांग्रेस नियमित महाधिवेशन पक्षधरको महाधिवेशनमा युवा नेतादेखि पाका नेताहरुको उपस्थितले संस्थापनपक्षलाई कडा टक्कर दिएको कतिपय राजनीतिक विक्ष्लेषकहरुको बुझाई रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *