
काठमाडौं । ललितपुरको ओकुवहास्थित श्री रुद्रवर्ण महाबिहारमा कलश पूजा तथा सवा लाख दीप प्रज्ज्वलन कार्यक्रम बौद्ध परम्परा अनुसार भव्य रुपले सम्पन्न भएको छ । नेपाल बुद्धिष्ठ काउन्सिलको महासचिव एवं भिडियो डाइरेक्टर तथा वरिष्ठ फोटोपत्रकार प्रशन्न शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा शाक्य परिवारबाट पारिवारिक तथा धार्मिक कार्यक्रम कलश पूजा सवालाख दिप प्रज्ज्वलनका साथै विहारका दश पारमिता आजुहरुमा स–सम्मान पूजा गरि दानदक्षिणा प्रदान गरिएको थियो ।

सो कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित हस्तीहरु वरिष्ठ संगीतकार, गीतकार तथा रचनाकार रत्न बेहोशी, वरिष्ठ गायक आनन्द बेहोशी, तीर्थ कुमारी थापा, गायककार धिरज राई, गायक तथा गजलकार विरेन्द्र मालाकार, नेवा फिल्मका पहिलो तथा ऐतिहासिक नायक जय श्रेष्ठ, हास्य कलाकार रवि डंगोल, वरिष्ठ साहित्यकार, रचनाकार तथा निर्देशक प्रकाश सायमी, साहित्यकार बिक्रम भक्त जोशि, ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेँथु लगायत व्यक्तित्वहरुले कार्यक्रममा उपस्थित भएको आतिथ्यता ग्रहण गर्नुभएको थियो ।

बिहान ८ बजेदेखि शुरु भई दिउसो ३ बजे सम्म भएको कार्यक्रपछि भोजन ग्रहण गर्दै समापन गरिएको थियो ।
सो कार्यक्रम संसार अनलाइन टि.भीबाट प्रत्यक्ष प्रशारण भएको थियो भने उक्त पवित्र अवसरमा स्वदेशी तथा विदेशी पाहुनाहरुले उक्त पवित्र कार्यको निकै प्रसंशा समेत गरेका थिए ।