वर्षामा भिज्दै माइतीघरमा पत्रकारको मौन प्रदर्शन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १४, शनिबार ०९:३०

काठमाडौँ । प्रेस स्वतन्त्रता सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकारहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरीको धरपकडको विरोधमा वर्षाका बीच पत्रकारहरूले पानीमा भिज्दै मौन प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सञ्चारमाध्यममा हुने हस्तक्षेप रोक्न माग गरेका छन्।

शुक्रबार सादा पोसाकमा रहेका प्रहरीले विभिन्न सञ्चारगृहमा पुगेर केही पत्रकारलाई नियन्त्रणमा लिएका थिए। पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति विभिन्न सञ्चारसम्बद्ध संस्थाले विरोध जनाएका थिए।

चौतर्फी विरोधपछि नियन्त्रणमा लिइएका पत्रकारहरूलाई शुक्रबार साँझ रिहा गरिएको थियो।

पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनालाई लिएर नेपाल पत्रकार महासङ्घसहित विभिन्न सञ्चारसम्बद्ध संस्थाहरूले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको विषयमा गम्भीर चासो व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *