त्रिशूली–बेत्रावती सडकखण्ड अवरुद्ध, अगिटारमा पहिरोले सडक भासियो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १४, शनिबार ०८:४२

बेत्रावती । लगातारको वर्षाका कारण त्रिशूली–बेत्रावती सडकखण्डअन्तर्गत बेत्रावतीको अगिटार क्षेत्रमा सडक भासिएपछि यातायात आवागमन प्रभावित भएको छ।

वर्षासँगै आएको पहिरोका कारण सडकको ठूलो भाग नदी किनारतर्फ भासिएपछि उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न जोखिम बढेको हो। सडक भासिएसँगै यातायात आवागमनमा समेत समस्या भएको छ।

सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रु तथा चालकलाई उक्त सडकखण्ड हुँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। वर्षा जारी रहेमा थप पहिरो जानुका साथै सडकमा थप क्षति पुग्न सक्ने जोखिम रहेको छ।

सम्बन्धित निकायले घटनास्थलको निरीक्षण गरी सडक खुलाउने तथा थप क्षति हुन नदिन आवश्यक पहल गर्नुपर्ने देखिएको छ। यात्रुहरूलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *