चाैतर्फी दवावपछि पत्रकार सुवेदीसहित सबै पत्रकार रिहा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १३, शुक्रबार २०:२४

काठमाडाैँ। समाचार कक्षबाट पक्राउ परेका पत्रकार विश्वमणी सुवेदी सहित सबै पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको शुक्रबार राति जानकारी दिएका हुन्।

उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्। शुक्रबार पत्रकार विश्वमणि सुवेदीसहितका तीन पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उनीहरुको पक्राउपछि चौतर्फी विरोध भएको थियो भने यो प्रकरणमा प्रधानमन्त्री बालेन शाहले सबैलाई रिहा गर्न निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *