पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीकाे निर्देशन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १३, शुक्रबार १९:५४

काठमाडौं । पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारिएको छ।


प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत घटनाबारे प्रधानमन्त्री तथा उहाँको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको स्पष्ट पारेकी हुन्।


दाहालका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ।


उनले पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री कार्यालय वा सचिवालयको संलग्नता नरहेको दोहोर्‍याउँदै घटनाबारे आवश्यक कदम चाल्न निर्देशन दिइसकिएको जानकारी दिएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *