नुवाकोट । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर शिवपुरी गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले राजु थापालाई गाउँपालिका सभापतिमा सर्वसम्मत चयन गरेको छ।
अधिवेशनबाट उपसभापतिमा रमिता श्रेष्ठ र सुनिल गुरुङ चयन भएका छन्। त्यस्तै सचिवमा प्रेम पाठक तथा सहसचिवमा महेश वस्ती सर्वसम्मत निर्वाचित भएका छन्।
गाउँपालिका कार्यसमिति सदस्यहरूमा डिल्लीप्रसाद खतिवडा, गम्भीर गुरुङ, टीका बहादुर डंगोल, रतन खाती र नन्दप्रसाद पोखरेल चयन भएका छन्।
अधिवेशनमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कांग्रेस नेता नवराज खतिवडालगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य दिएका थिए।
नियमित महाधिवेशन पक्षधरले नुवाकोटका विभिन्न पालिकामा अधिवेशनलाई तीव्रता दिइरहेको छ। पालिका अधिवेशन सम्पन्न गर्दै जिल्ला अधिवेशनतर्फ अघि बढ्ने तयारीमा नियमित पक्षधर रहेको जनाइएको छ।
नियमित पक्षधरले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्