|
२०८३ कार्तिक १४, शनिबार १०:०९
नुवाकोट । नेकपा एमालेका संस्थापक नेता तथा पूर्वसंविधानसभा सदस्य छोवाङतेन्जिङ तामाङको निधन भएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ निवासी तामाङको उच्च रक्तचापसम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा नुवाकोटस्थित स्टार अस्पतालमा २०८३ कात्तिक १४ गते निधन भएको हो।
जिल्लावासीको दुःख र समस्यामा साथ दिँदै आएका तामाङको निधनले रसुवाका राजनीतिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ।
तामाङको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ। साथै दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामना गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्