नियमित महाधिवेशन पक्षधर कांग्रेसको अष्ट्रेलिया संयोजकमा बेलकोटगढीका सायमन (सुदिप) मुडभरी मनाेनित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १४, शनिबार १२:२६


नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका निवासी तथा हाल अष्ट्रेलियामा रहेका नेपाली कांग्रेसका नेता सायम (सुदिप) मुडभरी नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको संयोजकमा मनोनित भएका छन्।


नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले कार्तिक १२ गते मुडभरीलाई नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको संयोजकमा मनोनयन गरेका हुन्।


नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन तथा संगठनात्मक गतिविधिलाई अघि बढाउने क्रममा मुडभरीलाई अष्ट्रेलियाको संयोजकको जिम्मेवारी दिएको हो।


महाधिवेशन तयारी समितिले जारी गरेको पत्रमा नेपाली कांग्रेसको राष्ट्रियता, सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय तथा संवैधानिक शासनको स्थापनाका लागि पार्टीले निरन्तर संघर्ष, आन्दोलन र लोकतान्त्रिक अभियानको नेतृत्व गर्दै आएको उल्लेख गरिएको छ।


पत्रमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्व रहेको उल्लेख गर्दै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको अधिवेशनसमेत निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने भएकाले संयोजकको जिम्मेवारी तोकिएको जनाइएको छ।


बेलकोटगढी नगरपालिका, वडा नं ३ कुमरी नुवाकोटका मुडभरी हाल अष्ट्रेलियामा रहेर नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्। नियमित महाधिवेशन पक्षधर कांग्रेसको अष्ट्रेलियास्थित जनसम्पर्क समितिको नेतृत्व पाएसँगै उनले त्यहाँ रहेका कांग्रेससम्बद्ध नेपालीलाई संगठित गर्दै अधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी पाएका छन्।


मुडभरीको मनोनयनलाई विदेशस्थित नेपाली कांग्रेसको संगठन विस्तार तथा नियमित महाधिवेशन प्रक्रियालाई अघि बढाउने क्रममा महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *