कांग्रेस नियमित पक्षधरकाे नेपाल विद्यार्थी संघ अध्यक्षमा सृर्जना मल्ललाई मनोनयन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १५, आईतवार १९:०४

काठमाडौं । नेपाली कांग्रेसकाे नियमित महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समितिले नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा सृर्जना मल्ललाई मनोनयन गरेको छ।


समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले कार्तिक १२ गते जारी गरेको पत्रमार्फत मल्ललाई नेविसंघको अध्यक्ष पदमा मनोनयन गरिएको जानकारी दिएका हुन्।


पत्रमा नेपाली कांग्रेसको विधान, २०७१ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा मल्ललाई मनोनयन गरिएको उल्लेख छ।


अध्यक्षका रूपमा मल्लले नेपाली कांग्रेसका स्थापित मूल्य–मान्यतालाई आत्मसात गर्दै आगामी ६ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गरी संगठनलाई थप मजबुत बनाउने विश्वाससमेत समितिले व्यक्त गरेको छ।


केन्द्रीय महाधिवेशन तयारी समितिले मल्ललाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *