विदुर । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समाजसेवी डा. भीमलाल तामाड.ले आफ्नो सामाजिक अभियानलाई निरन्तरता दिनुभएको छ । तामाड. अध्यक्ष रहेको नेपालका असल मित्र हरु (न्ँल्) परोपकारी परियोजना २०८०÷८१ को कार्यक्रम मार्फत तारकेश्वर गाउँ पालिका वडा नं ६ दाङसिङ खर्कमा एकल तथा विपन्न महिला हरुका लागि बाख्रा वितरण तथा एकल महिला सम्मान कार्यक्रमको आयोजाना गर्नुभएको छ ।

नुवाकोट जिल्लाको तारकेश्वर, मेघाड., किस्पाड. र दुप्चेश्वर गाउँपालिकालाई केन्द्रविन्दुमा राखेर परियोजना सञ्चालन गर्दै आउनु भएका तामाड.ले आज एक कार्यक्रमकाबीच महिलाहरुलाई आयआर्जका लागि बाख्रा वितरण गर्नुभएको हो । यस्तै एकल महिलालाई नगदसहित सम्मान गरिएको थियो । वडा न 6 स्थित भमरा आधारभूत विधालयमा छात्रवृत्ति ,लेखन तथा खेलकुद सामग्री बितरण गरिएको थियो ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो । विगत १० वर्षदेखि नुवाकोटमा सामाजिक भावनाकासाथ समाजसेवा गर्दै आउनु भएका तामाड.का यस्ता कार्यप्रति स्थानीयहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । यसअघि पनि उहाले महिलाहरुलाई आयआर्जका लागि बाख्रा, भैसी तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशासकसहित स्टेशनरी सामाग्री समेत सहयोग गर्दै गर्नु आउन भएको थियो