कांग्रेस नियमित पक्षकाे सिन्धुपाल्चोक सभापतिमा बालकृष्ण बस्नेत सर्वसम्मत निर्वाचित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १६, सोमबार १९:५८

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ नियमित जिल्ला अधिवेशनबाट सिन्धुपाल्चोक जिल्ला सभापतिमा बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेत सर्वसम्मत निर्वाचित हुनुभएको छ।


नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको आयोजनामा सम्पन्न अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। सभापतिमा सर्वसम्मत निर्वाचित बस्नेतसहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।


अधिवेशनको उद्घाटन कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा कांग्रेस समर्थक, नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।
बाजागाजासहित निकालिएको र्‍यालीमा सहभागी हुँदै सयौँ नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरू अधिवेशनमा उपस्थित भएको आयोजक पक्षले दाबी गरेको छ।


अधिवेशनलाई नियमित महाधिवेशन पक्षधरले संगठनात्मक गतिविधि र जिल्ला तहको नेतृत्व चयनको महत्वपूर्ण कार्यक्रमका रूपमा लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *