पृथ्वी राजमार्गमा आज पनि दुई घण्टा सवारी आवागमन बन्द हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १७, मंगलवार ०८:०२

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर निर्माण कार्य गर्ने भनिए पनि काम सम्पन्न हुन नसकेपछि आजका लागि पुनः समय निर्धारण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक तथा सडक प्रयोगकर्तालाई आग्रह गरेको छ । साथै, ट्राफिक नियम र सडक अनुशासन पालना गर्न पनि अनुरोध गरेको छ ।

860359806_1720194396192441_5887567377190866021_n

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *