भोटेकोशी बाढीमा रसुवाका मात्रै १ हजार ५८३ जना बेपत्ता सूचीमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक २१, शनिबार १५:२९


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका २ हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ।


प्राधिकरणले सम्बन्धित जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी रसुवाका १ हजार ५८३ जना बेपत्ता सूचीमा परेका छन्। त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उदयपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पश्चिम, तेह्रथुम, रुकुम पूर्व, सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुलीका बेपत्ता व्यक्तिहरूको विवरण पनि सार्वजनिक गरिएको छ।


यसैगरी सात देशका १७१ जना विदेशी नागरिकको बेपत्ता विवरणसमेत प्राधिकरणले सार्वजनिक गरेको छ। बेपत्ता व्यक्तिहरूको पूर्ण विवरण प्राधिकरणको आधिकारिक वेबसाइटमा हेर्न सकिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *