बेलकोटगढी। महाकवि देवकोटा साहित्य प्रतिष्ठान झिल्टुङको आयोजनामा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा महादेव माध्यमिक विद्यालय, बेलकोटगढी नगरपालिका–७ रातमाटेका सोनु श्रेष्ठ प्रथम हुनुभएको छ।
त्यसैगरी कल्याणी माध्यमिक विद्यालय, बेलकोटगढी–८ जिलिङकी अनिशा पुडासैनी द्वितीय, पञ्चासे माध्यमिक विद्यालय, बेलकोटगढी–४ डाँडाखर्ककी जमुना पौडेल तृतीय हुनुभएको छ।
प्रतियोगितामा इन्द्रेश्वर आधारभूत विद्यालय, बेलकोटगढी–५ लामाचौरकी कुसुम नेपाल र महादेव माध्यमिक विद्यालय, बेलकोटगढी–५ कोल्पुटारका हिमांशु नेपालले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ।
‘Climate Change and Our Future’ अर्थात् ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकमा आयोजित प्रतियोगितामा ११ विद्यालयका १३ जना विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा साहित्यकार तथा कवि ज्ञानुवाकर पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सोही अवसरमा श्रीराम श्रेष्ठ र रामहरी आचार्यलाई सम्मानसमेत गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा पत्रकार टिकाराम यात्री,प्रतिष्ठानका तर्फबाट नारायण नेपाल ,माेहन नेपाल ,केदारप्रसाद नेपाल ,बेलकाेटगढी वडा नं ५ का वडा सदस्य तथा प्रतिष्ठान सचिव गाेकर्ण नेपाल लगायत साहित्य प्रेमीहरुकाे उल्लेख सहभागिता रहेको थियाे ।
जलवायु परिवर्तनले वातावरण, मानव जीवन र भावी पुस्तामा पार्ने प्रभावबारे विद्यार्थीमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले विगतका वर्षहरुदेखि साहित्य देवकाेटाकाे जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयाेजना गर्दै आएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्