सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ९, शनिबार ०९:०२

काठमाडौँ । वर्तमान सरकारले सार्वजनिक तहहरुमा रहने कार्यकारी भूमिकाका नेतृत्वहरुमा खुला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रावधान अघि सारेको छ । सोही अनुसार नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालय अन्तर्गतको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै सो पदका लागि योग्य उम्मेदवारसँग आवेदन मागेको हो।

सूचना अनुसार, संस्थाको रिक्त अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिनेछ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी जेठ १८ गते सोमबार कार्यालय समयभित्र दरखास्त पेश गरिसक्नुपर्नेछ।

दरखास्त पेश गर्न चाहने उम्मेदवारहरूले दरखास्त फाराम, आवश्यक योग्यता, र संलग्न गर्नुपर्ने कागजातहरूको विस्तृत जानकारीका लागि मन्त्रालय र संस्थाको आधिकारिक वेबसाइट हेर्न सक्नेछन्। समितिका अनुसार विस्तृत विवरणहरू सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.psbnepal.gov.np  र सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट www.mocit.gov.np मा उपलब्ध गराइएको छ।

यसअघि गत बिहीबार दरखास्त आह्वानको सूचना निकालेर शुक्रबार खारेज गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *