महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा नुवाकोटमा जलवायु परिवर्तनसम्बन्धी कविता वाचन प्रतियोगिता सम्पन्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक २१, शनिबार १९:४५

नुवाकोट। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा नुवाकोटमा अन्तरविद्यालयस्तरीय जलवायु परिवर्तनसम्बन्धी कविता वाचन प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

प्याब्सन नुवाकोटको आयोजनामा, नुवाकोट एफएम १०६.८ मेगाहर्जको संयोजन तथा डिभिजन वन कार्यालय नुवाकोट र अर्किड एकेडेमीको सहकार्यमा आज कात्तिक २१ गते बट्टारस्थित अर्किड एकेडेमीको सभाहलमा प्रतियोगिता आयोजना गरिएको हो।

साहित्यका माध्यमबाट जलवायु परिवर्तनका विषयमा विद्यार्थीहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा उत्कृष्ट कविता वाचन गर्दै गणेश भ्यू बाटिकाका राजकुमार तामाङ प्रथम हुनुभएको छ। त्यसैगरी नुवाकोट ग्लोरीकी सदिक्षा भट्टराई द्वितीय, अर्किड एकेडेमीकी अदिती रिमाल तृतीय र सेइ बोर्डिङकी आज्ञा खनालले सान्त्वना स्थान हासिल गर्नुभएको छ।

विजेताहरूलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरूलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि अर्किड एकेडेमी नुवाकोटका प्रिन्सिपल रामहरि रिमाल ,प्याब्सन नुवाकोटका सचिव रामजी भट्ट,निर्यायक संयाेजक बिष्णु आचार्य र डिभिजन वन कार्यालय नुवाकोटका रेन्जर अाेशना श्रेष्ठले विजेता तथा सहभागी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो।

साहित्यिक सिर्जनामार्फत विद्यार्थीहरूमा वातावरणीय चेतना, सिर्जनशीलता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नुवाकोट एफएम का सचिव श्रीराम अधिकारीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *