
काठमाडौं । राष्ट्यि परीक्षा बोर्ड कक्षा १२ को सम्पूर्ण तहको परीक्षा आगामी वैशाख १४ गतेबाट गर्ने भएको छ । बोर्डले आज गोरखापत्र दैनिकका एक सूचना प्रकाशित गर्दै वैशाख १४ गते शुक्रबारबाट परीक्षा सञ्चालन हुने जनाएको छ । बोर्डबाट प्रकाशित सूचना अनुसार १४ गते शुक्रबार अनिवार्य अंग्रेजीको परीक्षा सञ्चालन हुनेछ । बोर्डले विभिन्न विज्ञान संकाय, व्यवस्थापन संकाय र मानविकि संकाय अनुसारको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
विज्ञान संकाय अनर्तरगत १६ गते म्याथमाटिक्स, १८ गते नेपाली,२० गते फिजिक्स,२३ गते क्यामेस्टी,२५ गते बायो,२६ गते कम्प्युटरको परीक्षा तय भएको छ । यस्तै व्यवस्थापनतर्फ १६ गते सामाजिक विषय,१८ गते अनिवार्य नेपाली, २० गते एकाउण्ट, २३ गते अर्थसास्त्र,२५ गते विजिनेस इस्टडी र २६ कम्प्युटर साइन्सको परीक्षा हुनेछ । सरकारलेक कक्षा १२ सम्मको अध्ययनलाई माध्यमिक तहको रुपमा व्याख्या गरेको हुँदा कक्षा १२ को परीक्षा महत्वपूर्ण रुपमा लिदै आइएको छ । परिक्षामा ४ लाख भन्दा बढि विद्यार्थी सहभागि हुने बताइएको छ ।

