|
२०८३ जेष्ठ १०, आईतवार २१:०६
काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्ष पदमा मनिष कोइरालालाई नियुक्त गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१, २०८३ गते बसेको बैठकको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापा ले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संस्था नेपाल तरुण दलको अध्यक्ष पदमा काठमाडौंका मनिष कोइरालालाई नियुक्त गरेका हुन् ।
कोइरालालाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ९ बुँदे कार्यादेश तथा कार्यविवरण प्रदान गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
नवनियुक्त अध्यक्ष कोइरालालाई सफल कार्यकालको शुभकामना दिँदै पार्टी संगठन सुदृढीकरण र महाधिवेशन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्