
दुईपिपल । नुवाकोट जिल्लाको पुरानो विद्यालय कामरुदेबी माध्यमिक बिद्यालयले आफ्नो ६० औं वार्षिकोत्सव मनाएको छ । बेलकोटगढी ननगरपालिका वडा नं ५स्थित दुईपिपल डबलीमा रहेको कामरुदेवी माविले आइतबार विद्यालय प्रांगणमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्स कार्यक्रममा बेलकोटगढी नगर प्रमुख जगतबहादुर तामाले आफ्नो ६० औं वर्षमा कामरु माविले शिक्षामा पुर्याएको योदानको चर्चा गर्नुभएको थियो । उहाले नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि काम गरिरहेको भन्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षाका लागि कुनै प्रकारको समझौता नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले विद्यालयलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा उपमेयर शिवप्रसाद दाहालले विद्यालयको प्रगमतीको कामना गर्दै नगरपालिकाले विद्यालयको गुणस्तरीयता प्रदान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बच्चुराम लामिछानेको सभापतित्वमा भएको कार्यक्तममा विद्यालयकी प्रधानाध्यापक सावित्री अर्यालले विद्यालयको वार्षिक गतिविधि प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा समाजसेवी, छिमेकी विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरुले वार्षिकोत्सवका अवसरमा शुभकामना मन्तव्य राखेका थिए भने विद्यार्थीहरुले आ आफ्ना प्रस्तुती पस्केका थिए । कक्षा १२ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा झण्डै ६ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।