
काठमाडौं । बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुड.ले दिएको जानकारी अनुसार निसीखोला गाउँपालिका– ६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो।
दुर्घटनामा कम्तीमा सातजनाको मृत्यु भएको हो। घाइते भएका २५ जनालाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।बेलुकी भइसकेकाले उद्धारको काममा कठिनाइ भएको पनि विकले बताए। उद्धार अहिले पनि चलिरहेको छ।