
विदुर । दुई वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका दोषी नुवाकोट ककनी गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले जारी गरेको प्रेस नोट अनुसार नुवाकोट जिल्ला अदालतको २०७८साल पुस २६ गतेको फैसलाले १९ वर्ष ९ महिना २ दिन कैद तोकेको थियो । प्रतिवादी रहेका साविक ककनी गाउँपालिका वडा नं ७ र हाल ककनी गाउँपालिका ५ का भरत सुनारलाई उक्त फैला सुनाइएको थियो । तर उनी विगत २ बर्ष देखि फरार रहेका थिए ।
उनी कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रहेको बताइएको छ । ५८ वर्षीय सुनार ककनी गाउँपालिका वडा नं २ खानीखोलास्थितमा लुकिछिपी बसेको अवस्थामा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोलीले आज पक्राउ गरि नुवाकोट जिल्ला अदालतमा पेश गरेको र अदालतको आदेशमा भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।