
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज आज पनि बस्ने कार्यसूची तय गरिएको छ ।
बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संघीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ ।आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ ।

शुक्रबार राष्ट्पति रामचन्द्र पौडेलले सरकारको नीति कार्यक्रम वाचन गरेपछि बसेको दोस्रो बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसल अवरोध गरेपछि स्थगित हुन पुगेको थियो । कांग्रेसको अवरोधका कारण राष्ट्पतिलाई धन्यवाद दिने प्रस्ताव समेत पारित हुन सकेको छैन । आजको बैठकमा उक्त प्रस्ताव पनि टेबल हुँदैछ । तर कांग्रेसले आजको बैठकपनि अवरोध गर्ने सम्भावना रहेको छ ।
सत्ता पक्षले आफूहरुको मागप्रति सत्तापक्षले वेवास्ता गरेको भन्दै कांग्रेसले अवरोध निरन्तर गर्ने यसअघि नै जनाइएको छ । सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै, प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।
त्यस्तै, बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।