
फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्रीसँग विपक्षी दलको बैठक बालुवाटारमा छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द आचार्यका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत विपक्षी दलका नेतालाई शुक्रबार साँझ छलफलमा बोलाइएको छ ।
प्रधानमन्त्री र सभामुखले संसद् सुचारुका लागि प्रयास गर्दै आउनुभएको छ । तर शुक्रबार बिहान तय भएको प्रतिनिधिसभा बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । बिहीबार बैठकमा भएको घटनाप्रति दलहरुले आआफ्नो ढंगले टिप्पणी गर्दै आएका छन् । कांग्रेसले सभामुखका कारण घटना भएको दावी गर्दै आएको छ . . मुख्यत आजको छलफल प्रधानमन्त्री र विपक्षी दलहरुबीच संसद बैठक खुलाउने विषयमा केन्द्रीत हुने बताइएको छ ।