
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा किरण पौडेललाई मनोनयन गर्नुभएको छ । सभापति देउवाले आज बुधबार नेपाली कांग्रेसको विधान २०१७(संशोधन सहित) २५(९) र धारा ३७(१)(ग) बमोजिम केन्द्रीय सदस्य पौडेललाई मनोनयन गर्नुभएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
पर्वत निवासी पौडेललाई सभापति देउवाले गत वर्ष केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको थियो । कांग्रेसले पार्टीको महाधिवेशन भएको ६ महिनाभित्र सबै विभागक ासंयोजक मनोनयन गरिसक्नु पर्ने व्यवस्था भएपनि हलसम्म आधा दर्जन विभागमा मात्रै मनोनयन गरिएको छ । कांग्रेसले पार्टीमा ४२ विभागबाट बढाएर ५४ मनाउने निर्णय गरिसकेको छ