
रातमाटे । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकास्थित नेपाली कांग्रेसका वडा सचिवहरुको भेला सम्पन्न भएको छ । नेपाली कांग्रेसका १३ वटै वडाका सचिवहरुको आज मंगलबार बेलकोटगढी ७ रातमाटेमा सम्पन्न भएको भेलाले आगामी दिनमा नेपाली कांग्रेसको संगठनलाई अझ बलियो बनाउन आआफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न सबै एकमत भएको कांग्रेस बेलकोटगढी वडा नं २ का सचिव गोकर्ण न्यौपाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस बेलकोटगढी नगर कार्यसमितिका सभापति लेखनाथ मुडबरीको प्रमुख आतिथ्यतामा भएको भेलामा बेलकोटगढीका १३ वडाका सचिवहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सभापति मुडबरीले बेलकोटगढीमा कांग्रेसलाई बलियो बनाउन सचिवहरुको महत्वपूर्ण भूमिका हुने भएकाले एकतावद्ध र सशक्त रुपमा आआफ्नो ठाउँबाट लाग्न दिर्नेशन दिनुभएको थियो ।
जेष्ठ सचिव चन्द बम्जनको सभापत्विमा भएको कार्यक्रमको संयोजनक वडा नं २ का सचिव गोकर्ण न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्ण पाण्डेसहित अन्य गाउँ स्तरीय नेताहरुको पनि सहभागिता रहेको थियो ।उक्त भेलामा बेलकोटगढी ५ का गोकर्ण नेपाल, ६ का रामेश्वर दाहाल, ७का तर्फबाट हरिकृष्ण लामिछाने सहितका सचिवहरुले संगठनलाई बलियो बनाउन कांग्रेस तलदेखि नै सुध्रनु पर्नेमा जोड दिएका थिए ।