
फाइल फोटो
काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालको नयाँ नेतृत्वका लागि अध्यक्ष बाहेकका पदमा आज निर्वाचन हुँदैछ । २१ जना पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समितिका चयनका लागि आज १२ बजेबाट ३ बजेसम्म निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार एकजना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् ।

चारजना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो।खालिद, गोविन्द चौधरी, आङदेङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराएका छन् ।
एकजना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लिलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापा गरी ६ जनाले उम्मेदवारी दिएका छन् । २ जना महासचिवका लागि मनिषकुमार सुमन, रामकुमार शर्मा, बोमबहादुर दर्लामी मगर, विजयकुमार, दीपक कार्की र अशोककुमार यादव ६ जनाले मनोनयन दर्ता गराएका छन् ।
एक महिला र २ पुरुष उपमहासचिव पदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा भने उपेन्द्र यादव निर्विरोध निर्वाचित भइसक्नुभएको छ । हिजो उम्मेदवारीका लागि तोकिएको समयमा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी उहाँ निर्विरोध अध्यक्ष चुनिनुभएको हो । पार्टी विभाजन पछि पहिलो पटक दायव नेतृत्वको जसपाको महाधिवेशन हुन लागेको छ । अशोक राई नेतृत्वमा विभाजित भएको जसपा भने सरकारमा रहेको छ ।