
चौघडा । नुवाकोट जिल्लाको लिुख गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न भएको छ । आज गाउँपालिकामा आयोजित गाउँसभामा पालिकाका अध्यक्ष धुव्र श्रेष्ठको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

यस्तै गाउँपालिका उपाध्यक्ष सुभद्रा अधिकारीले आर्थिक वर्ष २०८१।०८२ का लागि आय व्यव विवरण पेश गर्नुभएको छ । उपाध्यक्षले पेश गर्नुभएको आर्थिक वर्ष २०८१।०८२ का लागि ४२ करोड,७१ लाख,९३ हजार ६ सय पचास रुपयाँ विनियोजन गरिएको छ । उक्त बजेटबाट वित्तिय समानिकरणतर्फ ८ करोड ८३ लाख ५२ हजार रहेको छ ।
यस्तै संघीय सरकारको ससर्त अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण, ससर्त अनुदान र पालिकाको आन्तरिक स्रोत अन्र्तरगत , राजश्व,सवारी कर,जरिवाना,कबाडीकर मालपोतसहितबाट जम्मा हुन आउने रकमको समेत अनु्मानित विवरणका आधारमा ४२ करोड ७१ लाखको बजेट विनियोजन गरिएको उल्लेख गर्नुभएको छ । यसअघि अध्यक्ष श्रेष्ठले नीति तथा कार्यक्रम पेश गर्दै आगामी आर्थिक वर्षमा गाउँपालिकाको विकासका लागि कृषि, स्वास्थ्य , शिक्षा, खानेपानी, भौतिक पूर्वाधार र पर्यटनमा जोड दिनुभएको छ ।

अध्यक्ष श्रेष्ठले सामाजिक, आर्थिक र भौतिक पूर्वाधारको विकासमार्फत र कार्यक्रमगत प्राथमिकता निर्धारण गरेर पालिकाले आफ्नो कार्य अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ । यस्तै सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्त्तरी र स्वास्थ्यमा जनशक्तिको विकास गर्ने कार्यक्रममा उल्लेख गर्नुभएको छ ।
यस्तै नागरिकका लागि रोजगारीको अवसर सिर्जना गर्ने,गुणस्तरीय र दिगो भौतिक पूर्वाधार निर्माण गर्नु, आर्थिक समृद्धिका लागि पूर्वाधार,कृषि, स्वास्थ्य र शिक्षाका कार्यक्रममको विशिस्तीकरण गर्ने,औद्योगिक ग्रामको स्थापना गरि दिगो औद्योगिकिरणको थालनी गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषिको विकासका लागि कृषहरुलाई बिउ बिजनमा अनुदानको पनि व्यवस्था गरिएको कार्यक्रममा उल्लेख गरिएको छ ।अध्यक्ष श्रेष्ठले आर्थिक वर्षको बजेट विनियोजन गर्दा क्षेत्रगतरुपमा विभाजन गरिएको जानकारी दिनुभयो ।

उहाले सार्वजनिक भएका कार्यक्रमहरु इमान्दारितापूर्वक पूरा गर्न लाग्ने भन्दै यसका लागि जनप्रतिनिधि, स्थानीय, कर्मचारी सबैको सहयोग आवश्यक रहेकोमा पनि जोड दिनुभयो । अध्यक्षे गाउँसभाका लागि सहयोग गर्ने, जनप्रतिनिधि, कर्मचारी, बुद्धिजिवि सबैलाई धन्यवाद दिनुभएको थियो । नेपालको संविधान उल्लेख गरिए अनुसार असार १०गते भित्र पालिकाहरुले बजेट ल्याउने पर्ने व्यवस्था अनुसार लिखु गाउँपालिका नुवाकोटमा बजेट ल्याउने दोस्रो पालिका बनेको छ । यसअघि विदुर नगरपालिकाले असार ७ गते नै नगरसभा आयोजना गरेको थियो ।
तस्बिर ः नुवाकोट पुकार