Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सबैभन्दा बढि मतदाता बागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९ जना मतदाताले मतदान गर्न पाउने

नुवाकोट पुकार १६ चैत्र २०७८, बुधबार १४:०९


काठमाडौं । वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नमाबलीमा समावेश भएका मतदाताहको लिष्ट सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको लिष्ट हनुसार स्थानीय तह निर्वाचन, २०७९ मा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि स्वीकृत गरेको हो यसैगरी आयोगले सार्वजनिक गरेको मतदता नामाबली अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८६९ जना मतदाता रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ जना मतदाता छन् ।

बागमतीमा पुरुष १७ लाख चार हजार ८९८ र र महिला १७ लाख सात हजार ९४२ तथा अन्य २९ जना मतदाता रहेका छन् । कर्णालीमा पाँच लाख छ हजार १८० पुरुष र चार लाख ९५ हजार ९९ मतदाता महिला छन् ।

प्रदेश १ मा दोस्रो सबैभन्दा बढी ३३ लाख ४७ हजार ३८४ मतदाता छन् । प्रदेश १ मा १६ लाख ९९ हजार ८०० मतदाता पुरुष र १६ लाख ४७ हजार ५६१ मतदाता महिला र अन्य २३ जना छन् ।

मधेस प्रदेशमा १७ लाख ९७ हजार ९४५ पुरुष र १५ लाख ३३ हजार १५८ मतदाता महिला र अन्य ६७ जना छन् । लुम्बिनीमा कुल ३२ लाख १९ हजार ४५७ मतदाता रहेकोमा १६ लाख १८ हजार ७३ पुरुष र १६ लाख एक हजार ३५२ महिला तथा ३२ जना अन्य मतदाता छन् ।गण्डकी प्रदेशमा आठ लाख ४४ हजार ४५२ पुरुष, नौ लाख २४ हजार ९४८ महिला र ११ अन्य गरी कुल मतदाता १७ लाख ८९ हजार ४११ जना छन् ।

सुदूरपश्चिम प्रदेशमा आठ लाख ६६२ पुरुष र आठ लाख ३१ हजार ४७० महिला तथा १८ अन्य गरी कुल मतदाता १६ लाख ३२ हजार १५० जना छन् ।झन्डै २२ हजार केन्द्र आयोगका अनुसार बागमती प्रदेश अन्र्ततरगतका जिल्लाहरुमध्ये दोलखा १६ राजनीतिक दललले निर्वाचनमा भाग लिन पाउने भएका छन् भने रामेछाप १८, सिन्धुली २०, काभ्रेपलाञ्चोक २४, सिन्धुपाल्चोक १९, रसुवा १२, नुवाकोट २२, धादिङ २१, चितवन २८, मकवानपुर २४, भक्तपुर २८, ललितपुर ३१, काठमाडौं ४०, दलले निर्वाचनमा भाग लिन पाउने आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।


आयोगले समयमै मतदान गराउन मतदाता नामावली, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली र मतदान स्थल तथा मतदान केन्द्र तोकिसकेको जनाउको छ । आयोगका अनुसार देशभरि ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० जना मतदाता महिला छन् । लिङ्ग पहिचान नभएका वा अन्य समूहका १८३ जना मतदाता छन् ।







Continue Reading

Previous: Google hit with record EU fine over Shopping service
Next: स्वर्गीय पाण्डेको शालिक अनावरण

सम्बन्धित समाचार

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

छुटाउनु भयो कि ?

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

२४ असार २०८२, मंगलवार १७:१४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार